योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक



काठमाडौं– प्राविधिक समस्या आएपछि योहो टेलिभिजन एचडीको आधिकारिक युट्युव च्यानल बन्द भएको छ ।

बुधबार बेलुकी ८ बजेपछि युट्युव च्यानलमा समस्या आएसँगै बन्द भएको हो । अहिले युट्युवमा योहो टेलिभिजन सर्च गर्दा आधिकारिक च्यानल फेला पर्दैन । टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन भइरहेको जानकारी दिएका छन् । उक्त च्यानल ह्याक भएको हुन सक्ने आशंका गरिएको छ ।

युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन गर्न र रिकभर हुन अझै केही दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्