टाढैबाट हात हल्लाउँदै नेपालले भने-‘ बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’



काठमाडौं– नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खास प्रगति नभएको बताए ।

नागपोखरिस्थित होटल मेरियटमा आज दोस्रो दिनको वार्तापछि बाहिरिएका नेता नेपालले टाढैबाट हात हल्लाउँदै भने, ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका ओली र नेपालबीच दोस्रो दिनको झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्