थप २३६५ जनामा कोरोना पुष्टि, ५ को मृत्यु



काठमाडौं– नेपालमा बिहीबार २ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि २ लाख ७६ हजार ३ सय ५ जना डिस्चार्ज भएका छन् ।

देशभर २३ लाख ७९ हजार ४ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभरका विभिन्न क्वारेन्टिनमा ८१ जना रहेका छन् भने आइसोलसनमा १२ हजार ६ सय ९० कोरोना संक्रमितहरु रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालामा ३ हजार १ सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्