निशान भट्टराईको ‘प्रेम पत्र’ सार्वजनिक



काठमाडौं– नेपाल आइडलबाट चर्चामा आएका सुमधुर स्वरका धनी निशान भट्टराईको ‘प्रेम पत्र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अहिलेका निकै ब्यस्त युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा तयार भएको सो गीत आशिर्वाद पन्तले लेखेका हुन्। सोनम पाख्रीनको निर्देशन र निमबाबु तामाङको नृत्य निर्देशनमा कमल सिंह र श्रेया कार्कीको अभियान रहेको म्युजिक भिडियोलाई ज्ञान चापागाईंले छायांकन र सम्पादन गरेका हुन् । भिडियो आशिर्वाद म्युजिक युट्युब च्यानलले बजारमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्