फैलिएको र फैलनसक्ने गलत सूचनाको महामारीबाट जोगिऔँ- गजुरेल



काठमाडौं– चर्चित हाँस्यकलाकार मनोज गजुरेलले कोरोनाको महामारीसँगै फैलिएको र फैलनसक्ने गलत सूचनाको महामारीबाट जोगिऔँ भनेर सबैसँग अनुरोध गरेका छन् ।

कोरोना महामारीजस्तै गलत सूचना पनि निकै असरदार हुन सक्ने भन्दै कलाकार मनोज गजुरेलले कोरोनासाग सम्बन्धित अपुष्ट, शंकास्पद, अतिरन्जित, झुटा, भ्रामक, आतंकित बनाउने समाचारजन्य सामाग्रीको वेवास्ता गर्न अनुरोध गरेका हुन् ।

उनी भन्छन्– ‘कोरोनाकाे महामारीसँगै फैलिएको ‘सुचनाको महामारी’बाट आफू जाेगिउँ, अरुलाई जोगाउँ । ‘अतिरन्जित टाईटल’ देख्नासाथ अाँखा चिम्लिउँ । ‘अपुष्ट हेडलाईन’ सुन्नासाथ कान बन्द गरौं । झुठा अडियो लाईक नगरौं । शंकास्पद भिडियो शेयर नगरौं । भाईरल समाचार ‘स्यानिटाईज’ गर्न नभुलौँ । ‘फ्याक्टचेक’ले ईन्फरमेसन सफा गर्ने बानी बसालौँ । फेकन्यूजसँग डिस्टेन्स मेन्टेन गरौं । विचलित बनाउने तस्वीरलाई आईसोलेसनमा राखौं । ईम्युन पावर बढाउने सु-समाचार धेरैभन्दा धेरै पिउने गरौं । मानिसलाई आतंकित बनाउने ‘सोसल मिडिया’लाई लकडाउनमा राखाैँ । समाजलाई त्रसित पार्ने मिडियामाथी निषेधाज्ञा जारी गराैं । कोरोनाको महामारीबाट बचाैँ । सुचनाकाे महामारीबाट बचाउँ ।’

प्रतिक्रिया दिनुहोस्