३२ बुँदे घोषणा पत्र जारी गर्दै वैकल्पिक ऊर्जा सम्मेलन सम्पन्न



 काठमाण्डौं :  नवीकरणीय ऊर्जा सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन ३२ बुँदे घोषणा पत्र जारी गर्दै आज सकिएको छ । दिगो विकासको लक्ष्य पूरा गर्न मुलुकमा भएका नवीकरणीय ऊर्जाको परिचालन गर्नुपर्ने, क्षेत्रीय स्तरमा विद्युतको सञ्जाल विस्तारको लागि इनर्जी डाटा बैंकको स्थापना गर्नुपर्ने, कम लागतमा सबैमा ऊर्जाको पहुँचको लागि उपयुक्त निति बनाउनुपर्ने लगायतका बुँदाहरु घोषणा पत्रमा समावेश गरिएको छ । 

क्षेत्रीय स्तरमा विद्युत व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपालबीच सञ्चाल बिस्तार गरी अगाडी बढाउनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । यसलाई नारामा मात्र सीमित नराखी क्षेत्रीय कार्यालय नै स्थापना गरी सञ्जाल बिस्तार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएको नवीकरणीय ऊर्जा सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनका संयोजक प्राध्यापक डा. त्री रत्न ब्रर्जचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘विद्युत व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपालको बीबीआईएन नेटवर्क बनाउनु र्पयो, त्यसका लागि एउटा क्षेत्रमा मात्र सीमित नगरेर र यस सम्बन्धी एउटा कार्यालय स्थापन गर्नुयो, सार्क राष्ट्र त छंदैछ, तर बीबीआइएनको छुटै कार्यालय स्थापना हुनुपर्छ । ’ विद्युत वितरण प्रणालीको क्षमता वृद्धिका लागि रणनीति बनाउनुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।

 निजी क्षेत्र सहित सबै सरोकारवालालाई आत्मसाथ गर्दै समग्र ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्नेमा आवाज उठेको संयोजक ब्रर्जचार्यले जानकारी दिनुभयो । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जा भनिएको सम्मेलनमा नेपाल, भारत सहित सार्क आवद्ध राष्ट्र तथा युरोप र अमेरिकाका वैकल्पिक ऊर्जा विज्ञहरुको सहभागिता थियो । सम्मेलनमा सौर्य ऊर्जा, वायो ऊर्जा र लघु जलविुद्यत सँग सम्बन्धित विभिन्न ७४ वटा कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलन ३ दिन सम्म चलेको थियो ।  

प्रतिक्रिया दिनुहोस्