नाच्न उभिदाको त्यो क्षण…



अब त म डान्स सिक्ने हो…

मेरो नयाँ वर्षको प्रण हो, म डान्स सिक्छु…

म भोलीबाट डान्स क्लास जाने हो नि…

गत चैत महिनामा मैले भेट भएको जति लाई यहि भने होला । खाली मलाई डान्स सिक्नु छ मात्रै थियो । जता गए पनि म डान्स सिक्छु । सिक्ने नै हो ।

मलै आफैलाई पनि प्रश्न गरे उमेर त छैन तेरे अब डान्स सिक्ने ? किन गर्नु प¥यो ?
****
बिना प्रतिभा, उत्सुकता, अनुत्तरित प्रश्न, मनमा आशा, मुटुमा डर, शरीरमा जोस, आखामा सिक्ने रहर र कहिले हलचलपनि नगरेको म लिएर शुरुको दिन डान्स स्टुडियो छिर्दा आतेस लाग्यो । लामो ठूलो हलअनि सिसा नै सिसा ।

सबै नयाँ अनुहार । सबै कन्फिडेन्ट । केही डन्स गरिरहेका । कोही वार्म अप।

लाग्यो ला कतै बेइज्त त हुने होइन् ?

पहिलो दिन, पहिलो भेट, पहिलो माया, पहिलो विछोड जहिले पनि विशेष नै हुन्छ । मेरो पनि भयो । अर्को जुत्ता नलगेकाले खाली खुट्टामा नाच्नु पर्यो । सबैको खुट्टामा जुत्ता मेरोमा मोजा । आत्मविश्वास त यसै कम हुने भयो ।

८ः३० मा सर ल्यापट बोकेर हलमा छिर्दा सबै उठे । लाईनमा बसे । आफू अलमल्ल के गर्ने केही थाहा छैन । सिक्न भनेर त गए शुरु कै दिन गलत गरे जस्तो लाग्यो । लजाएर, सबै भन्दा पछाडि उभिए । गीत बज्यो । सर डान्स गर्न थाल्नु भयो । सबै सरलाई हेरेर उहाँलाई कपि गर्न थाले । मेरो सात्तो गयो ।

मैले आफैलाई भने कति गाह्रो हो के ?

म आउदिन भोलिदेखि ?

अलि अलि गरे जस्तो फेरी गर्नै प¥यो । नआई नआई अलि अलि उफ्रिए । लाज हुन्छ भनेर लगाएको माक्स पनि म खोलिन । माक्स मलाई प्यारो लाग्यो । आफ्नो लाग्यो । अलि अलि उफ्रिएर लामो लामो श्वास फेर्दा माक्सका कारण उप्ठेरो हुँदा हुँदा पनि अटेरी केटी म बन्दै माक्स खोलिन ।
आधा घण्टाको वार्म अप पछि एकैछिन ब्रेक भयो । त्यसपछि जे भयो, सम्झदा पनि डर लाग्छ ।

यसै उर्फि्रन त म सकिरहेको थिइन् । पालो कोरियोग्राफीको आयो ।

एकपटक टेवलटेनिस खेल्दा मैले विस्तारै ल भन्दा मेरो साथिले भनेको थियो– ‘तलाई खेल्न नआउने भए त आउदिनथिइस् ।’ हो । जे मलाई गर्न आउँदैन मैले कहिले कोशिस नै गरिन् । म कति कुरामा कमजोर हुने कारक तत्व पनि बन्यो त्यो ।

तर डान्स मलाई नआउँदा पनि गर्नु थियो ।

मलाई विरलै याद छ कन्र्सट, क्लबमा नाचेको । स्टेजमा पर्फम गरेको । नेपाली लोकभाकामा हात हल्लाएको । कम्मबर भाचेको ।

म ठूलो मासमा बोल्न सक्छु । त्यस्तै प¥यो भने गाइदी पनि हाल्छु तर डान्स । ओहो ! त्यो गल्ती मबाट कहिले भएन ।

डान्समा धेरै जर्नमध्य हिपपप थियो मैले सिक्ने । बाफरे, आइफिल टावर नै थियो । न त पुग्न सक्ने, न बनाउन ।

सरले वान एण्ड टू भन्दै एक एक स्टेप सिकाउन थाल्नु भयो । अलि अलि मैले पनि गरेको जस्तो गरे ।

दिमागमा बसेपनि शरिर हल्लिन मानिरहेकै थिएन ।

बल्ल बल्ल मनाए ।

अलि अलि मानेको जस्तो पनि ग¥यो । पछि त्यही पनि छोड्यो । मानोस पनि कसरी कहिले नगरेको काम म जर्बरजस्ती गराउँदै थिए ।

सरले गर्द सहज लग्थ्यो । फाइव, सिक्स, सेभेन काउन्ट हुँदा त मुटु नै हल्लिने । त्यसपछि पालो आफ्नो आउथ्यो । म त्यो दिन दिमागमा नाचे ।

शुरुको दिन मलै आफैलाई सय पटक भने होला । जान्ने कसले हुनु भनेको थियो ? किन आउनु परेको ? भोलीबाट आउछेस् अझै ?

मैले हजार पटक आफैलाई ‘भोलीबाट नआउने ल’ भनेर फकाए पनि ?

तर म चाही मानिन् । मैले निधो गरे म सिक्छु । कोरोग्राफर प्रति मेरो सम्मन छ तर मलाई कोरोग्राफर त हुनु छैन । जे होस् फिट त भइन्छ् भन्दै म गइरहे ।

गएको दुई हप्तामा हलमा भएका ठूला ठूला सिसामा आफैसँग आँखा जुधाउन पनि सक्दिन म । झुक्किएर हेरी हाले भने पनि मुटुको धड्कन म सुन्छु । म नृत्य गर्दा कस्तो देखिन्छु मलाई थाहा नै छैन । बल्ल त बानी पार्दैछु ।

यी दुई हप्तामा म कला बुझदैछु । मिहेनत, लगन बुझ्दै छु । मैले नृत्य बुझे । त्यसभित्रको रस बुझे । किन मानिसहरूको नृत्य प्रति त्यक्ति लगाव हुन्छ भन्ने सिके ।

म अहिले जुन स्टूडियो जान्छु, जो हुनुहुन्छ त्यहाँ, म उहाँको ठूलो फ्यान पनि हो । अझै हो । अब त झ्न बढि हो । किनकी उहाँको मिहेनतको साक्षी जो म बन्दै छु ।

शुरुको दिन राहुल शाह सरको डान्स प्रत्यक्ष देख्दा आँखा उहाँमा नै अडिए । सिसामा हेर्नुपर्छ उहाँलाई । उहाँ नच्दा लाग्छ उहाँ मात्रै हो । बस सब खतम ।

अब ‘भाइव एण्ड वेव’ डान्स स्टूडियो केवल मेरा लागि नाम मात्र रहेन । दैनिकी हो । राहुल सरलाई गुडमर्निङ भनेर मेरो दिनको शुरुवात हुन्छ ।
अब त अलि अलि हल्लिने पनि भएको छु । मैले भन्ने वाक्यमा पनि परिर्वतन भएका छन् ।

हाँसोमा भएपनि अचेल म भेट भएको सबैलाई त होइन अलि निकटको व्यक्तिलाई अर्को पटक भेट्दा म डान्स देखाउँछु ल भन्छु ।

मलाई नआए पनि जे होस् हाँसो को माहोल त बन्छ । अनि म खुसी हुन्छु ।
*****
सायद सुरेस बडालको रहर पढेबाट होला मलाई नाच्ने रहर चढेको । उहाँको लेखमा भएजस्तै– ‘जागिर खाएको भन्नु मात्र थियो । केही रहरहरू पूरा गर्न सकिएकै थिएन ।’

नआएपनि नाच्ने त रहर नै थियो ।

मेरो निकटका व्यक्तिहरूलाई थाहा छ र मैले जहिले पनि भन्ने गरेको छु ‘आइ वान्ट माई डटर टू वि अ डान्सर’

मेरो बहिनी मलाई सानो नानीले राम्रो नृत्य गरेको देखि भने भन्छे– ‘यू वान्ट योर डटर टु वि लाइक हर ?’

र म मुसकुराउँछु । किन कि यो मेरो निर्णय मात्र होइन, घोषणा हो ।

आज अप्रिल २९ । विश्व नृत्य दिवस । हामी सबैलाई विश्व नृत्य दिवसको शुभकामना । कोभिड–१९ को संक्रमण कम भएको दिन हामी सबै नाचौंला । शुभ दिन ! 🙂

प्रतिक्रिया दिनुहोस्