गायक प्रकाश सपुतलाई कोरोना संक्रमण



काठमाडौं– गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ ।

शरिर दुख्ने गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पीसीआर गरेको उनले जानकारी दिएका छन् । ।

होम आइशोलेशनमा रहेको र अवस्था सामान्य रहेको पनि उनले बताएका छन् ।

उनी भन्छन्– ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौं ।’

प्रतिक्रिया दिनुहोस्