२४ घण्टामा ५६५७ जना नयाँ संक्रमित थपिए, ३३ को मृत्यु



काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ६ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ९ सय २८ जना निको भएका छन् ।

हालसम्म ३ लाख २३ हजार १ सय ८७ जना संक्रमित भएका छन् । यसैगरी २ लाख ८१ हजार ९५ जना निको भएका छन् । ३ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

अहिले नेपालमा ३८ हजार ८ सय १३ संक्रिय संक्रमित रहेका छन् । २४ लाख ७३ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ । ५५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्