थप पाँचहजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो नयाँ रेकर्ड हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालामा गत २४ घण्टायता गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उल्लेखित संख्यामा कोरोना भाइरस संक्रमित पाइएको हो । योसँगै कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने एक हजार २८७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ । यस्तै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्