गण्डकीमा सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौँ : गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्ने भएको छ । सभामुख नेत्रनाथ अधिकारीले विहान ११ बजे बैठक डाकेका छन् ।

बैशाख १५ मा रोकिएको प्रदेश सभा बैठक पुनः डाक्नका लागि सुझाव लिन अधिकारीले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरुलाई डाकेका हुन् ।

कार्य व्यवस्था परामर्श समितिमा सभामुखसहित ११ जना सदस्य रहेका छन् । सभामुख, उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ । एमाले, कांग्रेस र माओवादीका २÷२ जना र जनमोर्चा र जसपाका १÷१ जना कार्यव्यवस्था परामर्श समितिमा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्