बुधबारदेखि महोत्तरीमा पनि निषेधाज्ञा



जनकपुरधाम : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि प्रदेश–२ को महोत्तरी जिल्लामा पनि बुधवारदेखि लागू हुने भएको छ । सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकबाट बढदै गएको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको दर अत्यधिक बढेसँगै केही व्यक्तिको मृत्यु समेत भएको अवस्थामा संक्रमणको ‘चेन ब्रेक’ गरी न्यूनीकरण तथा रोकथाम गर्न सरकारको निर्णय अनुसार केही समय निषेधाज्ञा जारी गर्नुपरेको जानकारी दिए ।

यी हुन् डिसीसीएमसीका निर्णयहरु :-

प्रतिक्रिया दिनुहोस्