नेकपा एमालेमै फर्किए स्वतन्त्र समूहका दुई सांसद



काठमाडौं : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध हस्ताक्षर गरेका लुम्बिनी प्रदेशका दुईजना प्रदेश सभा सदस्य पोखरेलतर्फ नै फर्किएका छन् ।माओवादी केन्द्र, नेपाली काँग्रेससँग मिलेर पोखरेलविरुद्ध हस्ताक्षर गरेका कपिलबस्तु(२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्ति जारी गर्दै आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।

दुवै जना प्रदेश सभा निर्वाचनमा सूर्य चिन्ह लिएर उम्मेदवार बनेको र सोही निर्वाचन चिन्हबाट निर्वाचित भएका थिए । स्वतन्त्र राजनीतिक समूहबाट विजयी दुवैले सूर्य चिन्हबाट निर्वाचित नेकपा एमाले पार्टीमै आफूहरु रहेको स्पष्ट गर्दै माओवादी केन्द्रका कुलबहादुर केसीले हस्ताक्षरको गलत प्रयोग गरेको विज्ञप्तिमा जनाएका छन् । दुवै नेता केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका हृदयेश त्रिपाठी निकट मानिन्छन् ।

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्