मुख्यमन्त्री पोखरेल कति दिन संसदबाट भाग्नु हुन्छ : काँग्रेस



रुपन्देही । नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रश्न गरेका छन् ।
विपक्षी गठबन्धनले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसका संसदीय दलका नेता कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री प्रश्न गर्दै भने, ‘कति दिन संसद् बाट भाग्नु हुन्छ ? कुनै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने होला ? त्यति वेला हेरौँला ।’
आइतबार लुम्बिनी प्रदेशमा भएको राजनीतिक तरलताले अझै निकास पाउन सकेको छैन । ४२ जना सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई दाबी पेश गर्दा पनि ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पदमा नियुक्त गर्नु लोकतन्त्रको ठाडो उपहास ठहर गरेको छ ।
पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराइएको घटनाको कानुनी र राजनीतिक लडाई लड्ने उद्घोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्