नेपाल सुपर लिगमा विराटनगरको जित



काठमाडौँ । नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीले एफसी चितवनलाई २–० ले हराएको छ । यो जीतसँगै विराटनगर सिटी एफसी शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि विराटनगरको चार खेलबाट सात अंक भएको छ । धनगढी एफसी समान सात अंक रहेको छ । विराटनगर गोल अन्तरले धनगढी भन्दा अगाडि रहेको हो ।
पराजित चितवन भने अन्तिम स्थानमा रहेको छ र उसको चार खेलबाट दुई अंक मात्र छ । दोस्रो हारपछि चितवनको शीर्ष चारको सम्भावना अझ कमजोर भएको छ । यसको ठीक विपरिच विराटनगर र धनगढीको शीर्ष चारको सम्भावना भने बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्