कोरोनाबाट न्याय परिषद् सदस्य निरालाको निधन



काठमाडौं : न्याय परिषद सदस्य वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मंगलबार मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्