लाेक सेवा अायाेगले भर्ना प्रक्रया नराेक्ने



काठमाडाैं : लोक सेवा आयोगका आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले साढे पाँच लाभन्दा बढी युवा लोकसेवाले लिने निजामती सेवाका विभिन्न पदको परीक्षाको तयारीमा रहेकाले भर्ना पक्रिया रोकिनु उचित नहुने बताएका छन् ।

 

अध्यक्ष मैनालीले असार मसान्तसम्मको अवस्था हेर्दा साढे पाँच लाख युवा लोक सेवा आयोगले लिने तयारीमा छन् भन्दै ती युवालाई असर पार्ने कार्य सरकारबाट नहुने विश्वास पनि व्यक्त गरे ।

 

बुधबार पत्रकारसँग कुरा गर्दै उनले सार्वजनिक सेवाको भर्ना पक्रियालाई नदीझैं बहन दिनुपर्ने बताए । 

 

आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा मुख्य समाचार बनाएर छापेको छ । 

प्रतिक्रिया दिनुहोस्