स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किनेछु: प्रवक्ता शर्मा



काठमाडौं– कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

उनले पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किने पनि बताएका छन् ।

उनी भन्छन्– ‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु ! प्रेस , पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु !चाडैनै पुर्ण स्वस्थ भएर पुर्ण जागर साथ मैदानमा फर्किनेछु l विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु l धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्