ललितपुरका प्रजिअ निरौला कोरोनाबाट संक्रमित



ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गरिएको परीक्षणमा आफूलाई संक्रमण देखिएको निरौलाले जानकारी दिएका छन् ।
सामान्य लक्षण देखिएपछि परीक्षण गराइएको र अहिले अवस्था सामान्य रहेको निरौलाले बताए । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएकाले आवश्यक समन्वय गर्नुपर्ने हुँदा आफू क्वार्टरमै आइसोलेसनमा बसेको र प्रविधिको प्रयोग गरी निरन्तर काममा लागिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्