सांसदहरूको कोरोना परीक्षण बुधबार र बिहीबार हुने



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको कोरोना परीक्षण यही वैशाख २२ र २३ गते अर्थात् बुधबार र बिहीबार गरिने भएको छ ।
संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्