नवलपरासीमा ५ संक्रमितको मृत्यु



परासी । पश्चिम नवलपरासीमा ६ घण्टाको अन्तरमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा भैरहवा मेडिकल कलेजमा ३ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा २ जना छन् ।
भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका–४ का ५५ वर्षीया महिला, बर्दघाट नगरपालिका–१२ का ५४ वर्षीया महिला र सुस्ता गाउँपालिका– १ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए ।
त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिका–४ का ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिका–१ का ५५ वर्षीय पुरुष रहेका छन् । वैशाख पहिलो सातादेखि मंगलबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको पौडेलले जानकारी दिए ।
अहिले सक्रिय संक्रमितको संख्या ५ सय बढी पुगेको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना पुगको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्