सुनसरीमा वैशाख भर पूर्ण लकडाउन



सुनसरी । सुनसरीमा स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरसले जिल्लामा संक्रमण फैलाएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डीसीसीएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन वैशाख ३१ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
भारतसँग खुला सीमाना रहेको सुनसरीमा ६ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएका कारण पूर्ण रुपमा लकडाउन गर्नु परेको प्रजिअ ढकालले बताए । लकडाउनको समयमा अत्यावश्यकबाहेक हिँडडुल गर्न नपाइने, कुनै पनि सवारी साधन संचालन गर्न पाइने छैन । यस्र्त लकडाउनको अवधिमा कलकारखाना, उद्योग धन्दा, होटल पसल सबै बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी खाद्यान्न, तरकारी र निर्माण सामाग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न पाइने छ ।
सुनसरीमा वैशाख १७ गतेदेखि लागु गरिएको निषेधाज्ञामा समेत संक्रमितको संख्या दैनिक बढ्दै गएकाले पूर्ण लकडाउन गर्नु परेको डीसीसीएमसीका सदस्य तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्