बैतडीमा जीप दुर्घटना, ४ जनाको मृत्यु



काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार दुर्घटनामा मृत्यु हुनेमा वर्ष ५० का दीपसिंह भण्डारी, वर्ष ३० का डम्बरसिंह भण्डारी, वर्ष २७ का हिक्मतसिंह भण्डारी र वर्ष ४० का दीपकसिंह भण्डारी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सदरमुकाम पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्