च्याम्पियन्स लिगमा आज राति सिटी र पीएसजी भिड्दै



काठमाडौं । यूइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग खेलमा मंगलबार राति म्यानचेस्टर सिटी र पीएसजीबीच प्रतिस्पर्धा हुँदैछ ।
पीएसजी यसअघि भएको पहिलो लेगमा सिटीसँग आफ्नै घरेलु मैदानमा २–१ ले पराजित भएको थियो ।
आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेल सिटीको घरेलु मैदानमा हुँदैछ । पीएसजीले फाइनलमा पुग्न जसरी पनि दुई गोलको अन्तरले जित निकाल्नै पर्ने दबाब छ ।
यो च्याम्पियन्स लिग दुवै टोलीको लागि इतिहास रच्ने अवसर हो । पीएसजीलाई जिते सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नेछ ।
पीएसजी भने यो प्रतियोगितामा एकपटक मात्र फाइनल पुगेको छ । गत सिजन फाइनलमा पीएसजी बार्यनसँग पराजित भएको थियो ।
पीएसजीले सिटीलाई जित्दै फाइनल पुगेर त्यो प्रतिस्पर्धा पनि जिते उसले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्