बैतडी जिप दुर्घटना अपडेटः मृतक संख्या ६ पुग्यो



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मतसिंह भण्डारी र ४० वर्षीय दीपकसिंह भण्डारीको घटनास्थलमै मृत्यु हो भने दशरथचन्द नगरपालिका–२ का जिप चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । घाइते चार जान उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्