आजको मौसम : हावाहुरी र भारी वर्षाको सम्भावना



काठमाडौँ : आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन सबैलाई मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्छ’ उनले भनिन् ।

महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्