अध्यादेश संविधानको मर्म र लोकतन्त्रको उपहास : भीम रावल



काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरेर सरकारले संविधान र लोकतन्त्रको उपहास गरेको टिप्पणी गरेका छन् ।

‘संसदको अधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी ! संविधानको मर्म र लोकतन्त्रको उपहास !’ नेता रावलले ट्विटरमा लेखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी थिइन् । यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश राष्ट्रपतिले जारी गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्