दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना गम्भीर घाइते



दाङ : दाङमा एउटा स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घनामा दुईजना गम्भीर घाइते छन् । घोराही उपमहानगरपालिका–१३ का अन्दाजी ३४ वर्षीय चालक विष्णु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४ घर भई घोराही–१७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन् । दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

रोल्पाको लिबाङबाट घोराहीतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । घोराही–कमेरेचौर सडकखण्डअन्तर्गत घोराही–४, ओइरेनीमा बुधबार बिहान ७ बजेतिर बा१३च ८०४८ नम्बरको स्कारपियो दुर्घटना भएको हो । स्कारपियो सडकदेखि झन्डै ५०० मिटर तर खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्