व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश



 काठमाडौं :     व्यवसाय गर्नका लागि नेपाल दक्षिण एशिषको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ ।  विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ । 

 

गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्षिण एसियाली राष्ट्रहरुमा गत बर्ष तेस्रो स्थानमा रहे पनि यस बर्ष चौथो स्थानमा झरेको छ । 

 

विश्वका १९० राष्ट्रमध्ये नेपाल १९० औँ र दक्षिण एशियामा चौथो व्यवसायमैत्री राष्ट्रको रुपमा छ ।

 

 आजको कारोवार दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्