कोरोनाले टी–ट्वान्टी विश्वकप भारतमा नहुने



काठमाडौं । सन् २०२१ मा हुने भनिएको टी–ट्वाटी विश्वकप क्रिकेट भारतमा नहुने भएको छ । टी–ट्वान्टी क्रिकेट आगामी अक्टोबरमा हुने तय थियो ।
मंगलबार बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरेको थियो । कोरोनाका कारण आईपीएल स्थगित भएकाले विश्वकप क्रिकेटका लागि यूएईलाई सम्भावित भेन्युका रुपमा हेरिएको ‘क्रिकइन्फो’ले जनाएको छ ।
टी–ट्वाटी विश्वकपमा १६ टोलीले सहभागिता जनाउने तय भएको छ । बीसीसीआईले टी–ट्वाटी विश्वकपका लागि भारतका नौ भेन्युलाई मुख्य प्राथमिकतामा राखेको थियो ।
टी–ट्वाटी विश्वकपका विषयमा बीसीसीआई र आईसीसीबीच छलफल चल्दा प्रतियोगिता यूएईमा हुने सम्भावना रहेको क्रिकइन्फोले जनाएको छ । ‘अहिलेको अवस्थमा कति समयसम्म जान्छ भन्न सकिँदैन । लामो समयसम्म गएमा आईसीसीले पर्खन सक्दैन । त्यसैले अन्य स्थानमा गर्ने योजना छ,’ बीसीसीआईका वरिष्ठ अधिकारीले क्रिकइन्फोसँग भने ।

प्रतिक्रिया दिनुहोस्