यस वर्ष ‘एन्फा डे’ नहुने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजको दिनमा हरेक वर्ष मनाउँदै आएको एन्फा डेमा औपचारिक कार्यक्रम नहुने जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले बुधबार एक विज्ञप्ति निकाल्दै कोरोनाभाइरसका कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित भएको बताएका छन् । प्रवक्ता राईले एन्फा डेको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।
गत वर्ष पनि कोरोनाका कारण एन्फा डेका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको थियो । यो वर्ष एन्फाले केही व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्