गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ कोरोनाबाट संक्रमित



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ कोरोनाबाट संक्रमित भएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।
यसअघि एन्टिजेन परीक्षणको क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कोरोना पुष्टि भएलगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा तानिएका छन् । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए ।
गुरुङसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य बैठकमा सहभागी थिए ।
कोरोना संक्रमण भएका मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बसेका छन् । उनलाई हालसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्