धनुषाका सबै सीमा नाका बन्द



जनकपुरधाम । कोरोना महामारी फैलिएपछि धनुषासँग जोडिएको भारतीय सीमा नाका बन्द भएको छ ।
कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको समय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषासँग जोडिएको सबै नाका बन्द भएको जानकारी दिएका छन् ।
प्रजिअ बास्तोलाले नेपाल सरकार मन्त्रीपरिषद्को आइतबारको निर्णयमा नेपाल भारतबीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारत तर्फ आवत जावत गर्न निषेध गरेको जानकारी दिएका छन् ।
धनुषासँग जुडिएको जटही नाका, इनर्वा नाका लगायत सबै नाकाबाट अब आवतजावत गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्