‘आईसिसी प्लेयर अफ दी मन्थ’को नोमिनेसनमा नेपालका कुशल भु्र्तेल



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीको अप्रिल महिनाको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपालका कुशल भुर्तेल परेका छन् ।
उनले अवार्डका लागि पाकिस्तानका फाखर जमान र बाबर आजमसँग प्रतिस्पर्धा गर्दैछन् । विजेताको टुंगो भोटिङ्गबाट हुनेछ ।
हालै नेपालमा सम्पन्न त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा कुशलले शानदार प्रदर्शन गरेका थिए । उनले प्रतियोगितामा नेपालले खेलेका पाँच खेलमा चार अर्धसतक बनाउँदै प्लेयर अफ दी सिरिज घोषित भएका थिए । प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।
आईसिसीले गत जनवरीदेखि प्लेयर अफ दी मन्थ अवार्ड प्रदान गर्न थालेको हो । यसअघि यो अवार्डमा कुनै पनि नेपाली खेलाडी मनोनयनमा परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्