लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन जेठ १७ गते हुने



काठमाडौं । लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ । माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उप चुनावको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।
वागमती प्रदेशमा रामबहादुर थापा बादलको ठाउँमा जेठ ६ गते उप चुनाव हुँदैछ । संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उप चुनाव गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उप चुनावको मिति तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्