नेपालगन्ज : निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा बनेको पुल सञ्चालनमा नआउँदा स्थानीयवासीलाई निकै समस्या भएको छ ।
पुलसम्म पुग्ने सडक निर्माणमा ढिलाइ भइरहेका कारण पुललाई सञ्चालनमा नल्याइएको जनाइए पनि स्थानीयले सडक निर्माणभन्दा पहिले नै पुल सञ्चालनमा ल्याउन दबाब दिँदै आएका थिए ।
पुललाई जोड्ने सडक निर्माण गर्न सामुदायिक वनभित्रका रुख काट्नुपर्ने भएको र रुख कटान गर्न ईआईए नहुँदा पुलको उपयोग गर्न नसकिएको बताइएको छ ।
राजापुर हुँदै कैलाली जोड्ने यो पुल तीन वर्षअघि नै निर्माण भए पनि चारपांग्रे सवारीसाधन आउजाउ गर्न दिइएको छेन ।
आजको गोरखापत्र दैनिकमा यो समाचार छापिएको छ ।