क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी



काभ्रे :    मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक डीआईजी सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । 

 

एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यवसायीक साझेदार सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीँ उनको जीवनको अन्त्य भयो । 

 

काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन । डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । 

 

काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी पाइएको छ । स्रोतका अनुसार डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगाा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए । 

 

त्यस क्षेत्रमा बालुवा खानी सञ्चालन गर्दै आएका एक व्यक्तिले दिवंगत भण्डारीले डेढ दर्जन टिपर सञ्चालन गरेको बताए । स्थानीय र प्रहरीले अवरोध गर्दा उनी आफैंले फोन गरी दबाब दिने गरेका थिए । 

 

काभ्रेमा खटिएका अन्य प्रहरी अधिकृतको पनि खानी ताथ क्रसरमा लगानी भेटिएको छ । काभ्रे ट्राफिक प्रहरी प्रमुख रहेर काम गरेका तत्कालीन इन्सपेक्टर सुकदेव खनाल ९हाल डीएसपी० ले पनि श्रीमतीका नाममा क्रसर उद्योगमा लगानी गरेको भेटिएको हो । 

 

जिल्लामा रहेका क्रसर गैरकानुनी रुपमा सञ्चालन भइरहेको छ । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै दैनिक टिपर सञ्चालन गर्नुपर्ने भएकाले व्यवसायीले प्रहरीसँग साँठगाँठ आएका छन् । 

आजको कान्तिपुरले यो समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्