कोरोना संक्रमणबाट रौतहटमा थप दुई जनाको मृत्यु



अनिल यादव/रौतहट : कोरोना भाइरस संक्रमणबाट रौतहटमा थप दुई जनाको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार गर्ने आज बिहान दुवैजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र गौर नपा १ का ५४ वर्षीय पुरुष रहेका छन् । यसअघि हिजो दुर्गा भगवती गाउँपालिका ३ की ५४ बर्षीय महिला र गढीमाइ नपा ३ का ५० वर्षी पुरुषको मृत्यु भएको थियो ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि रौतहटमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

पछिल्लो केही दिनयता जिल्लामा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । बिहीबार बिहानसम्म रौतहटमा कोरोना संक्रमितको संख्या २१५ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाको तीन स्थानमा अस्पताल संचालन गरिएको छ । गौरस्थित जिल्ला अस्पतालमा अक्सिजन सहित १५ बेडको एचडियु,आईसियु र चारवटा भेन्टिलेटर सहितको कोभिड अस्पताल संचालन गरिएको छ भने गौर नर्सिङ क्याम्पसमा १० बेड र चन्द्रपुरमा ४६ बेडको कोभिड अस्पताल मंगलबारदेखि संचालनमा आएको प्रजिअ यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्