रेम्डिसिभिर औषधि दुई लाखमा बेच्न खोज्ने व्यक्ति पक्राउ



काठमाडौं : कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले गोरखाका रसिक मियालाई पक्राउ गरेको छ ।

मूल्य २५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई दुई लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा मियालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले बताए ।

प्रतिक्रिया दिनुहोस्