एकतावद्ध एमाले चाहेका हौं, तर सहमति भएको छैन: माधव नेपाल



काठमाडौं– नेकपा एमालेका नेता माधव कुमार नेपालले एकतावद्ध एमाले चाहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत वार्ता र लचकता दुवै उपनाउन चाहेको पनि उल्लेख गरेका छन् । तर अहिले सम्म कुनै सहमति नभएको पनि उनले स्पष्ट पारेका छन् ।

उनी भन्छन्– ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

प्रतिक्रिया दिनुहोस्