प्रधानको निधनप्रति प्रदेश प्रमुखद्वारा दुःख व्यक्त



जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानको निधनले आफूलाई अत्यन्त मर्माहत एवं दुःखित तुल्याएको उल्लेख गर्दै प्रदेश प्रमुख अहिराजले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्–‘नेपालका लोकप्रिय वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भएको असामयिक निधनले अत्यन्त मर्माहित एवं दुःखित तुल्याएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्