पर्सागढीमा १५ बेडको कोभिड अस्पताल



वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले पनि १५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने जनाएको छ ।
कोरोना संक्रमितहरुको उपचारको लागि नगरपालिकाको वडा नम्बर ५ स्थित पचरुखी स्वास्थ्य चौकीमा अति आवश्यक पूर्वाधारसहितको १५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने नगरपालिकाका मेयर लोकनारायण यादवले जानकारी दिए ।
नगरपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरसको दोस्रो भेरियन्ट रोकथाम, नियन्त्रण तथा न्युनिकरणको लागि कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।
साथै नगरपालिकाभित्र बसोबास गर्ने स्थानीयको लागि कोभिड १९ उपचारको क्रममा एम्बुलेन्स चाहिए निःशुल्क रुपमा उपल्बध गराइने मेयर यादवले जानकारी दिए ।
त्यसका लागि एम्बुलेन्स चालक उमेश प्रसाद साहको संयोजकत्वमा ३ सदस्यीय एम्बुलेन्स चालक समिति पनि गठन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्