पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन



काठमाडौँ : कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि गत बुधबार प्रतिनिधि सभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । त्यसमा चार सांसद र संसद सचिवालयका तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्