बेड खोज्दाखोज्दै वडा सदस्यको मृत्यु, अक्सिजन र वेड नपाउँदा बाँकेका महिलाले ज्यान गुमाइन्



काठमाडौं । अस्पतालमा बेड नपाएर बुटवलमा कोरोनाबाट संक्रमित एक वडा सदस्यको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर अन्नतः एम्बुलेन्समै ज्यान गुमाए । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो ।
उनलाई तीन वटै अस्पताल पु¥याइए पनि कतै बेड पाएनन । उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए ।
कोहरपुरमा महिलाको मृत्यु
कोभिडको लक्षण देखिएपछि बाँकेको कोहलपुर नगरपालिका २ की ३२ वर्षिया महिलालाई परिवारले एम्बुलेन्समा राखेर बिहीबार दिनभरी अस्पताल दौडाए । सुरुमा कोहलपुर मेडिकल कलेज गएकी उनको अस्पतालले अक्सिजन सुविधा दिन नसक्ने भन्दै भर्ना लिन मानेन । त्यसपछि नेपालगन्ज नर्सिङ होममा पु¥याए । नर्सिङहोमले गेट नै खोलेन । अस्पताल दौडाउँदा दौडाउँदै उनको स्वास्थ्य स्थिति झन् बिग्रदै गयो । समयमै अक्सिजन र वेड नपाएपछि उनको एम्बुलेन्समै छटपटाउँदा छटपटाउँदै मृत्यु भएको छ ।
वडा २ का अध्यक्ष कर्णसिंह बुढा क्षेत्रीले महिलाको पीसीआर नगरे पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताए । वडामा अहिलेसम्म ५ जना संक्रमित पुष्टि भएर मृत्यु भएको छ भने दुई जना मृतकको पीसीआर नभएको उनले बताए ।
मासु पसल सञ्चालन गर्दै आएकी ती महिला छरछिमेकीसँग समेत घुलमील भएकी थिइन् । यसले गर्दा टोलका सबै बासिन्दाको पीसीआर जाँच गराउने तयारी पनि हुने वडा अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्