कांग्रेस रुपन्देहीको कार्यालय आइसोलेसनलाई



तिलोत्तमा । नेपाली कांग्रेस रुपन्देहीले अस्पतालमा बिरामीको लागि बेड अभाव भइरहेका बेला भैरहवामा रहेको पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।
कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन रहेको छ । कोभिड महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिइरहेको र मानिसले बेड, अक्सिजन नपाएरै ज्यान गुमाउने स्थिति आएकाले उक्त भवन आइसोलेसन निर्माणको लागि दिने व्यवस्था मिलाइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।
सरोकारवाला निकायलाई महामारी नियन्त्रण र जनताको जीवनरक्षाको लागि गम्भीर बन्न आग्रह गर्दै उनले अन्य सहयोगका लागि समेत आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्