आइतबार प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ९ बजे बस्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बहुमतले निर्णय गर्न सक्ने उल्लेख छ । बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्