पार्टी एकताबद्ध राख्न एमालेका ११ जिल्ला अध्यक्षहरुको अपिल



काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी भित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखापरिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाइ क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौँ । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै हाम्रा आदरणीय नेताहरूलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ’ अपिलमा भनिएको छ ।
गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरू कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सुर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लम्जुङका धनन्जय दवाडीले हस्ताक्षर गरेका छन् ।
गोरखाका प्रेमबहादुर गुरूङ, पवर्तका पदम गिरी, बाग्लुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठले पनि सही गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्