जेरुसलमको एक मस्जिदमा दोहोरो भिडन्त, १ सय ७८ जना घाइते



एजेन्सी : जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच भएको झडपमा १ सय ७८ जना घाइते भएका छन् ।
इजरायलको अल अक्सा मस्जिदमा हजारौँको संख्यामा भेला भएका मुस्लिम समुदायका धमाबलम्बीहरुले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन् ।

जेरुसलममा पेलेस्टेनी परिवारलाई इजरायलले लखेट्न खोजेको निउँमा झडप भएको बुझिएको छ । झडपकै क्रममा प्रदर्शकारीहरुले प्रहरीमाथि बोतल र ढुंगा प्रहार गर्दा प्रहरीले भने प्रर्दशनकारीहरुमाथि ग्रेनेड प्रहार गरेपछी दोहोरो भिडन्त भएको हो ।

घटनामा दर्जनौ प्रहरी घाइते भएका छन् । इजरायल र पेलेस्टेनी जनताबीच जेरुसलममा दशकौंदेखि केही न केही निउँमा झडप हुने गरेको छ । जसमा सयौंको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्