आजको मौसम : देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौँ : आज देशमा जल वाष्प युक्त हावाको प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भुभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा छ।

यसैगरी, दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरूका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम साथै प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्