अख्तियारको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत भएका छन्। बिहीबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो।

गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।

भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको थियाे।

'भष्ट्राचार रोक्नु चुनौती हो, खरो उत्रिन्छु'

घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो चुनौती भएको र त्यसमा खराे उत्रिने बताएका छन्। संसदीय सुनुवाइका क्रममा संसदहरुलाई उनले यस्तो बताएका थिए। 

प्रतिक्रिया दिनुहोस्